साथीभाईका कारण विश्राम पनि लिन पाएको छैन : सौगात मल्ल



अभिनेता सौगात मल्लले केही वर्षयता लगातार रुपमा चलचित्रमा काम गर्दै आएका छन् । चरित्रको गहिराइमा डुबेर अभिनय गर्ने भएकाले उनी प्रायः निर्देशकको रोजाईमा पर्ने गरेका छन् । तर, उनका पछिल्ला चलचित्र हेर्ने हो भने सौगातको अभिनयमा विविधता देखिँदैन । त्यसैले पैसाको लोभमा उनले चलचित्रको संख्या बढाइरहेको आरोप लाग्दै आएको छ ।

सौगात आफूले धेरै चलचित्रमा काम गरेको भएपनि कहिले साथीभाईको आग्रह नकार्न नसकेर त कहिले चलचित्रको कथा मन परेर काम गर्ने गरेको बताउँछन् । उनी भन्छन्, ‘स्क्रिप्ट मन पर्‍यो भने काम गर्न मन लागिहाल्छ । साथीभाईहरुले गाह्रो भयो भनेपछि पनि काम गर्नैपर्‍यो । हामी सबै स्ट्रगलकै चरणमा भएकाले एकअर्कालाई सहयोग गर्नैपर्छ । सबै मिले मात्र अगाडि बढ्न सकिन्छ ।’

कहिले काहिँ डेढ/दुई महिना चलचित्रमा काम नगर्ने योजना बनाए पनि साथीभाईका कारण विश्राम लिन नसकेको सौगात गुनासो गर्छन् । तर, यो वर्ष अभिनय गरेका चलचित्रहरु फरक-फरक रहेको उनको दाबी छ । उनको नयाँ चलचित्र ‘मन्त्र’ बैशाख १६ गतेबाट प्रदर्शनमा आउँदैछ भने केही दिनमा उनी चलचित्र ‘दुई नम्बरी’को छायांंकनमा व्यस्त हुँदैछन् । यसपछि उनले चलचित्र ‘सिटामोल’मा काम गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu