‘ए मेरो हजुर ४’बाट दुर्गेशको दृश्य हटाइयो



पल शाह प्रकरणमा मुछिएपछि गायक दुर्गेश थापा चलचित्र ‘ए मेरो हजुर ४’बाट निकालिएका छन् । बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रको एक गीतमा उनले र्‍यापरको भूमिकामा अभिनय गरेका थिए । उक्त गीत केही दिनमा सार्वजनिक गर्ने तयारी गरिएको थियो । तर, दुर्गेशलाई प्रस्तुत गरिएको गीत सार्वजनिक गर्दा चलचित्रलाई असर पर्ने बुझेपछि निर्माण टिमले उनी देखिएको गीत नै हटाएको छ ।

दुर्गेश फिचर भएको गीतको ठाउँमा निर्माण पक्षले जी-बब नामले चिनिने ‘मिलेन लेभल तेरो’ गीतका गायक सुदीप भण्डारीको स्वर, शब्द तथा संगीतमा तयार भएको गीतलाई राखेको छ । त्यस्तै, गीतको भिडियोमा गायक भण्डारी आफैं फिचर छन् । बुधवार उक्त गीतको काठमाडौंको एक रेस्टुरेन्टमा छायांकन भएको थियो । गीतलाई शुक्रवार सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ ।

लकडाउनमा समयमा निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाले चलचित्रको एक गीतमा अभिनय गराउन दुर्गेशसँग कागजी सम्झौता गरेका थिए । त्यसबेला दुर्गेशले जुन गीत छोयो त्यही हिट हुन्थे । तर, पल प्रकरणमा जोडिएपछि उनको करिअर नै डामाडोल भएको छ । चलचित्रबाट आफूलाई हटाएको कुरा सार्वजनिक नगर्न दुर्गेशले निर्मातासँग विन्ती गरेको समेत बताइन्छ ।

प्रेमकथामा निर्माण भएको ‘ए मेरो हजुर ४’मा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम, रेअर राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । मित्र डि. गुरुङको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको चलचित्रको कथा झरना थापा र छेतन गुरुङले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu