आज करिअरमा जहाँ छु, त्यसमा गर्व छ : वर्षा राउत



अभिनेत्री वर्षा राउत नेपाली चलचित्रमा प्रवेश गरेको ६ वर्ष पूरा भएको छ । विकासराज आचार्य निर्देशित चलचित्र ‘नाईं नभन्नू ल ४’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले ६ वर्षको समय आफूलाई आँखा झिम्काएर वितेझैँ लागेको बताएकी छन् । शुक्रवार फेसबुकमा स्टाटस लेख्दै उनले यो अवधिमा आफूलाई मिलेको माया, प्रशंसा र आलोचनाका लागि धन्यवाद व्यक्त गरेकी छन् ।

उनले लेखेकी छन्, ‘म आफ्नो करिअरमा जहाँ छु, त्यसमा म गर्व र नम्र छु । जब म यी ६ अद्भुत वर्षहरूलाई फर्केर हेर्छु, म आफूलाई कृतज्ञ महसुस गर्छु । माया, प्रशंसा, समर्थन, आलोचना र अत्याधिक प्रशंसाको लागि धन्यवाद । मलाई दिइएको यो अमुल्य उपहार म सधैं कदर गर्नेछु ।’ वर्षा राउतले चलचित्रमा आफूले उर्जाको हरेक अंश खन्याएको पनि उल्लेख गरेकी छन् ।

६ वर्षको करिअरमा वर्षाले ‘गोपी’, ‘मेरो पैसा खोई ?’, ‘चौका दाउ’, ‘मिस्टर झोले’, ‘छक्का पञ्जा २’, ‘जात्रा’, ‘जात्रै जात्रा’ लगायत एक दर्जन बढी चलचित्रमा अभिनय गरिसकेकी छन् । उनको करिअरको सबैभन्दा सफल चलचित्र ‘छक्का पञ्जा’ र ‘जात्रा’ सिरिज हो । विशेषगरी ‘जात्रा’ सिरिजले उनको करिअरलाई ठूलो राहत दिएको थियो ।

‘जात्रै जात्रा’ रिलिजपछि उनले अभिनय गरेको नयाँ चलचित्र दर्शकले हेर्न पाएका छैनन् । तथापि, उनले लकडाउनमा समयमा तीन चलचित्र ‘के घर के डेरा’, ‘दुई नम्बरी’ र ‘लाखे’ साइन गरेकी थिइन् । यसमध्ये समय व्यस्तताका कारण ‘दुई नम्बरी’ छाडेकी उनले हालै ‘लाखे’को छायांकन सकाएकी हुन् । उनी बैशाख दोस्रो साताबाट भने चलचित्र ‘के घर के डेरा’को छायांकनमा व्यस्त हुँदैछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu