प्रदीपको ‘महापुरुष’मा महजोडी



महजोडीको मुख्य भूमिकामा चलचित्र ‘महापुरुष’ निर्माण हुने भएको छ । बैशाख दोस्रो साताबाट फ्लोरमा जाने चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गर्नेछन् । यसअघि चलचित्र ‘शत्रु गते’मा उनले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँग सहकार्य गरेका थिए ।

षट्कोण आर्ट्सको प्रस्तुतीमा निर्माण हुने ‘महापुरुष’मा म्याक्स् दिपेश खत्री निर्माताको रुपमा छन् । चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बानिया हुन् । उनले प्रदीप भट्टराईको निर्देशनमा यसअघि ‘जात्रा र जात्रै जात्रा’ जस्ता सफल चलचित्रमा सहकार्य गरिसकेका छन् ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरीवंश आचार्य, गौरी मल्ल र अरुण क्षेत्रीको अभिनय रहनेछ । अरुण यही चलचित्रबाट अभिनेताको रुपमा डेव्यु गर्दैछन् । चलचित्रमा अभिनेय गर्ने अन्य कलाकार अभिनेत्री छनोट प्रक्रिया चलिरहेको निर्देशक भट्टराईले जानकारी दिए । चलचित्रलाई नरेन्द्र मैनालीले खिच्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu