मनोज गजुरेलले टुँंडिखेलमा दर्शक हसाउने



काठमाडौँ । चर्चित नयाँ बर्ष २०७९ को पहिलो दिन अर्थात वैशाख १ गते काठमाडौंको टुँंडिखेलमा ‘सेलेब्रेसन’ नामक सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । ओम नेपाल मिडिया र ओशो तपोवनको सहकार्यमा आयोजना हुने कार्यक्रममा ध्यान, संगीतिक प्रस्तुति, नृत्य लगायत बिभिन्न प्रस्तुति रहने आयोजकले जनाएको छ ।

‘गायन र नृत्यको उत्सवसँगै ध्यान नयाँ बर्ष मनाउनु बिगतको भन्दा बेग्लै अनुभव हुनेछ,’ आयोजक स्वामी आनन्द अरुणले भने- ‘नयाँ वर्ष नयाँ तरिकाले सुरुवात गराऔं भन्ने अर्काे उदेश्य पनि हो ।’ नयाँ वर्ष ध्यानमा रमाउन सहगोग समेत गर्न लागेको आनन्द अरुणको भनाई रहेको छ ।

कार्यक्रममा स्वामी आनन्द अरुणले सत्संग तथा ध्यान, विश्वप्रसिद्ध निर्गुण कवीरवाणी गायक पद्मश्री विभुषित प्रह्लाद सिंह टिपणियाको विशेष प्रस्तुतिको अलवा ‘कुटुम्ब’ ब्याण्डको लाइभ प्रस्तुति रहनेछ । हास्य कलाकार मनोज गजुरेलको समेत कमेड प्रस्तुति रहने कार्यक्रममा प्रदीप रोदन, गायिका बेनिसा पौडेल, मोहन वीणा वादक, रोशन शर्माले समेत दर्शकलाई मरोरञ्जन दिलाउने आयोजकको भनाईरहेको छ ।

मौलिक नेपाली पर्वहरू ओझेल परि रहेको वर्तमान सामाजिक परिस्थितिमा नयाँ वर्षको पहिलो दिनलाई विशेष बनाउने कार्यक्रम आयोजा गरिएको हो । मध्यान्न ४ बजेबाट सुरु हुने कार्यक्रममा दर्शकलाई निशुल्क प्रवेशको ब्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu