काठमाडौं। नयाँ बर्ष २०७९ को अवसरमा अभिनेता सलोन बस्नेतले नयाँ व्यवसाय शुरु गरेका छन् । उनले साथी रबिन कँडेलसँगको साझेदारीमा लाउन्ज एन्ड बार संचालनमा ल्याएका हुन् । उनको आसन लाउन्ज एन्ड बार ललितपुरको झम्सिखेलमा रहेको छ ।
सलोनले झन्डै एक करोड लगानिमा उक्त बार संचालनमा ल्याएको बताएका छन् । सलोनका अनुसार लाउन्जमा सफिक हप ब्यान्डले हरेक दिन लाइभ म्यूजिक प्रस्तुत गर्नेछ ।

नयाँ बर्षको पहिलो दिन नै उनि अभिनित चलचित्र ‘ए मेरो हजुर ४’ पनि रिलीज हुँदैछ ।


