काठमाडौं। साइकोलोजिक थ्रिलर नेपाली चलचित्र ‘षट्कोण’को ट्रेलर रिलीज भएको छ । २ मिनेट लामो ट्रेलरमा कर्मा एक मर्डर मिस्ट्रीको खोजीमा लागेको पत्रकारको भुमिकामा दखिएका छन् ।

यो चलचित्र मिलन डि काप्रिको निर्देशनमा बनेको हो । क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्र आगामी बैशाख २३ गतेबाट रिलीज हुँदैछ ।‘षट्कोण’मा कर्मा र भोलाराज सापकोटाका अलवा लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामाको अभिनय रहेको छ ।
शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन् । यसमा आङ्छेन लामाको छायांकन, सागर खनाल र मिलन डि काप्रिको सम्पादन छ ।
ट्रेलरः