काठमाडौं। बहुप्रतिक्षित नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ देशैभर रिलीज भएको छ । नयाँ बर्ष २०७९ को अवसर पार्दै बिहिबार नै रिलीज यो चलचित्र हेर्न पहिलो दिन बिहानैदेखि दर्शकको चाप रहेको छ ।

लामो समय अभिनयमा बिताएकी झरना थापाले निर्देशन गरेको ‘ए मेरो हजुर ४’ दक्षिण भारतिय फिल्म ‘केजिएफ २’को दबदबाकाबीच रिलीज भएको हो । जसको कारण पाउनुपर्ने शोहरु समेत कम भएका छन् । ओपनिङ् व्यापारमा केहि घाटा भएता पनि यो चलचित्रले सुखद व्यापार गर्ने अपेक्षा राखिएको छ । बुधवार साँझ काठमाडौंमा भएको प्रिमियरबाट राम्रो प्रतिक्रिया आएको थियो ।
‘ए मेरो हजुर ४’मा फिल्ममा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा छन् ।