चलचित्र विकास बोर्डको ‘स्टोरी बैंक’मा २० स्कृप्ट छनोट



काठमाडौं। चलचित्र विकास बोर्डले आह्वान गरेको स्टोरी बैंक’मा २० स्कृप्ट छनोटमा परेका छन् । स्वदेशी चलचित्रको विकास, प्रवर्द्धन र संरक्षणका लागि मौलिक, ऐतिहासिक, यथार्थपरक, कलात्मक, सामाजिक, साँस्कृतिक, सन्देशमूलक एवं राष्ट्रियताको पहिचानमा आधारित कथावस्तुमा लेखिएका स्कृप्ट छानेको बोर्डले जनाएको छ ।

दश वटा लघु चलचित्र तथा दश वटा कथानक चलचित्र छनोटमा परेका हुन् । जसमा लघु चलचित्र अन्तरगत शक्ति बल्दब घोरासैनीको कथा र गोपालचन्द्र लामिछानेको पटकथा रहेको ‘प्रलय’, सूर्यबहादुर शाहीको कथा र पटकथा रहेको ‘भगवानको घर’, दिलिप पन्त कथा तथा पटकथा रहेको ‘लक्ष्मी’, सरोज सिलवालको कथा र पटकथा रहेको ‘चङ्गा चेट’, कथा– प्रकाश सापकोटाको कथा र पटकथा रहेको ‘छोरी’, सुन्दर योञ्जनको कथा र पटकथा रहेको ‘Eighth is Inauspicious Day’, लेखनाथ पोखरेलको कथा र पटकथा रहेको ‘फकलीको गाउँ’, गोपाल वि.क.को कथा र पटकथा रहेको ‘FIR Fire’ कथा–अम्बिका भण्डारीको कथा र पटकथा रहेको ‘स्कार्लेट रेड’ र ङिमा गेलु लामाको कथा र पटकथा रहेको ‘TWO’ छनोटमा परेका छन् ।

कथानक चलचित्र अन्तरगत मनोज बाबु पन्तको कथा र पटकथा रहेको ‘हिउँले खाएको बाटो’, मिन बहादुर भामको कथा र पटकथा रहेको ‘चिसो वर्ष’, राजेश प्रसाद खत्रीको कथा र पटकथा रहेको ‘श्यामश्वेत तश्वीर’, निरञ्जनराज भेटुवालको कथा र पटकथा रहेको ‘इन्द्रेणी पारी’, फिडेल देवकोटाको कथा र पटकथा रहेको ‘काङ्गलिङ्ग’, भिम बहादुर रानाको कथा र विकास मगरको पटकथा रहेको ‘घाँटु’, कृष्णा पराजुलीको कथा र विनोद खतिवडाको पटकथा रहेको ‘केतकी’, निरज प्रसाद थपलियाको कथा र पटकथा रहेको ‘अस्तित्व’, निर्मल पौडेलको कथा र पटकथा रहेको ‘गोपाली’ र नवल खड्काको कथा र पटकथा रहेको ‘काँडेतार’ छनोटमा परेका छन् ।

चलचित्र निर्माण गर्न प्रोत्साहनका लागि उत्कृष्ट पटकथाको छनौट गरी सह–निर्माणमा आर्थिक लगानी वा आर्थिक सहयोग गर्ने, कथा लेखनमा लेखकहरुलाई आवश्यक पर्दा विशेषज्ञ समेत उपलब्ध गराउने र त्यस्ता पटकथामा निर्माण भएका चलचित्रहरुको अन्तर्राष्ट्रियस्तरमा गैरव्यवसायिक प्रदर्शनलाई प्रोत्साहित गर्ने उद्देश्यले चलचित्र विकास बोर्डले स्टोरी बैंकको अवधारणा ल्याएको हो । यसको लागि यस बर्ष रु. एक करोड बजेट विनियोजन गरिएको छ ।

लघु र कथानक गरी जम्मा ४० स्कृप्टले आवेदन दिएका थिए । तीन सदस्यीय मूल्यांकन समितिले मूल्यांकन गरेर बीस स्कृप्ट छनोट गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu