अमेरिकाको ह्युस्टन फिल्म फेस्टिभलमा ‘हल्कारा’ छनोट



काठमाडौं। अभिनेता महेश त्रिपाठीको प्रमूख भुमिका रहेको नेपाली चलचित्र ‘हल्कारा’ अमेरिकाको टेक्सासमा आयोजना हुने प्रतिष्ठित फिल्म फेस्टिभल ‘वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल’मा छनोट भएको छ । अप्रिल २० देखि २४ सम्म यो फेस्टिभल आयोजना हुँदैछ ।

‘हल्कारा’ २३ तारिखका दिन राति ९ बजे प्रिमियर हुने अभिनेता त्रिपाठीले बताए । विक्रम सापकोटा निर्देशित यो चलचित्रमा महेशका अलावा बिनिता थापामगर, उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्की लगायतका कलाकारको अभिनय रहेको छ ।

गाउँघरमा खबर पुर्‍याउँदै हिड्ने मानिसको कथामा रहेको फिल्म ‘हल्कारा’ विप्लप प्रतीक र आकाश बरालले लेखेका हुन् । कालीपार स्टुडियो र आइसफल प्रडक्सनको निर्माणमा बनेको फिल्मका निर्माता रामकृष्ण पोखरेल हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu