‘ए मेरो हजुर ४’ले पहिलो दिन कति कमायो ?



काठमाडौं। नयाँ बर्षमा रिलीज भएको बहुप्रतिक्षित नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ले पहिलो दिन कति व्यापार गरे होला त ? भोलीपल्ट नै ठ्याक्कै रकम उल्लेख गरेर रिपोर्ट सार्वजनिक गर्ने कुनै निकाय नभएको कारण मिडियाले वितरकलाई सोधेर त्यसकै आधारमा रिपोर्ट लेख्नुपर्ने बाध्यता नेपालमा छ ।

यो चलचित्रको वितरण कम्पनी काफिया फिल्म्स हो, जसलाई गोविन्द शाहीले एक्लै हाँक्छन् । वितरक शाहीका अनुसार यो चलचित्रले पहिलो दिन नै असी लाख बराबरको ग्रस कलेक्शन गर्दै बम्पर ओपनर बनेको छ । नयाँ बर्षको दिन देशभरबाट उक्त कलेक्शन भएको हो ।

दक्षिण भारतिय चलचित्र ‘केजीएफ २’को दबदबाकाबीच असी लाखको ग्रस कलेक्शनलाई बम्पर मान्न सकिन्छ । वितरकका अनुसार देशैभर शो टाइम पनि थप भएका छन् । काठमाडौं उपत्यकामा मात्रै ४३ लाख माथिको कलेक्शन रहेको शाहीले बताए ।

झरना थापाले निर्देशित ‘ए मेरो हजुर ४’ का अनमोल केसी र सुहाना थापाको जोडी हिट छ । अनमोल र सुहाना सहित सलोन बस्नेत, सरोज खनाल, रियर राई, रवि गिरी लगायतले यो फिल्ममा अभिनय गरेका छन् ।

नेपाली नयाँ बर्षको अवसरमा रिलीज लक्ष्य लिएर पहिले देखि नै काम भएको ‘ए मेरो हजुर ४’ले विदेशी चलचित्रसँग लड्ने निधो गरेको थियो । सोहि बमोजिम एकसाथ रिलीज भएको थियो । एकसाथ रिलीज हुँदा यो चलचित्रले निकै कम शोटाइम पाएको थियो ।

नेपाली फिल्मलाई अत्याधिक थोरै शोटाइम दिने तर विदेशी फिल्मलाई भने गैरकानुनी रुपमा मध्यराती देखि नै टिकट दर समेत नराखी चलाएपछि काठमाडौंका केहि हलहरुलाई चलचित्र विकास बोर्डले कारबाही प्रक्रिया अगाडी बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu