निर्माणको तयारीमा रहेको चलचित्र ‘शमशेर’मा अभिनेता प्रकाश शाह र एभरेष्ट फिल्म एकेडेमीका विद्यार्थी सुमन थापा अनुबन्धित भएका छन् । सुमन नेपाली चलचित्रका लागि नयाँ अनुहार भएपनि प्रकाशले ‘साङ्लो’ र ‘लभ स्टेशन’ गरी दुई चलचित्रमा भिलेनको भूमिकामा अभिनय गरिसकेका छन् ।

उनीहरु दुवैले चलचित्रमा आफ्नो राम्रो र चुनौतीपूर्ण भएकाले काम गर्न राजी भएको बताए । चलचित्रको मुख्य भुमिकामा यसअघि नै अभिनेता मनिष राउत र गौरव पहारी अनुबन्धित भैरहेका छन् । चलचित्रका लागि यतिबेला मुख्य अभिनेत्री र निर्देशकको खोजी भैरहेको निर्माण टिमले जानकारी दिएको छ ।
एक्सन जनरामा निर्माण हुने चलचित्रमा एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको व्यानरको लगानी रहनेछ । चलचित्रमा हिमेश पन्त, सुमन गौतम, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको पनि अभिनय रहनेछ ।
चलचित्रको छायांकन काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा गरिने बताइएको छ । सीबड्र्स इन्टरटेनमेन्ट र धिरज प्रोडक्सनको सहकार्य रहने चलचित्रमा राकेश दाहालको पोस्टर डिजाइनरका रुपमा रहेका छन् । चलचित्रका गीतमा अर्जुन पोखरेलको संगीत भर्नेछन् ।