‘मन्त्र’ गीतमा सौगात र दीयाको प्रेम



चलचित्र ‘मन्त्र’ मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ । ‘तिम्रै हुँ भन्छ यो मनले’ बोलको गीतमा अल्मोडा राना उप्रेती र अप्सरा घिमिरेको स्वर रहेको छ भने सन्तोष सुनारको शब्द तथा संगीत छ । गीतले चलचित्रका मुख्य अभिनेता सौगात मल्ल र मुख्य अभिनेत्री दीया पुनबीचको प्रेमभाव बोल्छ ।

बैशाख १६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको हो । चलचित्रका निर्देशक खिल बहादुर गुरुङ हुन् । डिभाइन इन्टरटेन्टमेन्ट र डि.एस प्रोडक्सनले सहकार्य गरेको चलचित्रलाई निर्देशक गुरुङ अर्गानिक भन्न रुचाउँछन् ।

हिमाली प्रेमकथा भनिएको चलचित्रमा सौगात र दीयासँगै बुद्दि तामाङ, नमिता घिसिङ्ग, बिर बहादुर लामा, पासाङ्ग टि शेर्पालागयतका कलाकारहरुको पनि अभिनय छ । देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको चलचित्रमा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठ निर्मातामा छन् ।

चलचित्रमा सह-निर्माताको रुपमा भिमसेन केसी र विशेष सहयोगी अमृत थापा रहेका छन् । साम्तेन भुटिया, सुनिल नेउरे, परिच्छेद सेनले लेखेको फिल्ममा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन, सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ । चलचित्रलाई काठमाडौं बाहिर एफडि कम्पनी र उपत्यकामा काफिया फिल्म्सले वितरण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu