‘प्रेमगन्ज’को टिजर सार्वजनिक



आउँदो भदौ ३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘प्रेमगन्ज’को टिजर सार्वजनिक भएको छ । शनिवार राजधानीमा सम्पन्न विन्ध्यवासिनी अवार्डमा टिजर सार्वजनिक गरिएको हो । टिजरमा पात्रको प्रेम र वियोगलाई देखाइएको छ । चलचित्रले दुई पुस्ताको प्रेमकथा उठाएको टिजरले प्रस्ट्याउँछ । टिजरमा सुरक्षा पन्त, बेनिशा हमाल, तेज गिरी, राइडर प्रशान्त र सिमरन खड्कालाई विशेष स्थान दिइएको छ ।

अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रलाई परिच्छेद सेनले निर्देशन गरेका हुन् । चलचित्रको कथा पनि उनकै हो । निर्माण टिमले चलचित्रप्रति दर्शकलाई आकर्षित गर्न टिजरलाई कपिराइट फ्री गरेको छ । युट्युब, फेसबुक र टिकटकमा टिजर राखेर धेरै दर्शकलाई देखाउनेमध्ये तीन जनालाई क्रमशः २५ हजार, १५ हजार र १० हजार पुरस्कार दिइने निर्माता श्रेष्ठले जानकारी दिए ।

चलचित्रमा नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारी, सम्पदा बानियाँ, पबन भट्टराई, सुप्रिया खनाल लगायतको पनि अभिनय रहेको छ । चलचित्रमा सरक्षा भने अतिथी भूमिकामा छिन् । स्पट व्याईंको रुपमा दुई दशकदेखि नेपाली चलचित्रमा काम गर्दै आएका राजु फुयाँलको प्रस्तुति रहेको चलचित्र चलचित्र चौतारीको ब्यानरमा निर्माण भएको हो । सञ्जय लामाले चलचित्रको छायांकन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu