‘२ नम्बरी’को छायांकन सुरु



चलचित्र ‘२ नम्बरी’को छायांकन सुरु भएको छ । लामो समयदेखि छायांकनमा जाने तयारीमा रहेको चलचित्रको कास्कीको ल्वाङ गाउँमा छायांकन सुरु भएको छ । चलचित्रको छायांकन ल्वाङ गाउँ, पोखरा आसपासका क्षेत्रमा हुने प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए ।

दीपेन्द्र लामा निर्देशक रहेको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेनको मुख्य भूमिका छ । चलचित्रको सुरुवाती छायांकनमा दया र उगेनले काम गरेका छन् । सौगात र उपासनाले केही दिनमा छायांकन सुरु गर्ने किरणको तर्क छ ।

यो चलचित्रले २ जना साथीको मित्रताको कथालाई देखाउन खोजेको छ । आगामी कात्तिक ४ गतेबाट यो चलचित्रको प्रदर्शन मिति समेत तय गरिएको छ । एक महिनासम्म ल्वाङकै आसपासमा चलचित्र खिचिने किरणले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu