बिवाह सार्वजनिक भएको एक महिना नबित्दै निशाले जन्माईन छोरी



nisha-baby

नृत्य निर्देशक शंकर बिसीसँग बिवाह गरेको कुरा सार्वजनिक भएको एक महिना नबित्दै गायिका निशा सुनारले छोरीलाई जन्म दिएकी छिन्। केही महिना अघि अमेरिका गएकी निशाले अमेरिकाबाटै आफ्नो विवाहको रहस्य खुलाएकी थिइन्।

अमेरिकामा नै निशाले छोरीलाई जन्म दिएपछी शंकरले आफ्नो छोरी जन्मिएकी र आफुले निकै मिस गरिरहेको बताएका छन्। शंकरले फेसबुकमा लेखेका छन, ‘आज मेरो छोरीको जन्म भएको छ अमेरिकामा, मिस यु माइ वाईफ निशा एण्ड माई लभ्ली डटर सनिशा बीसी’।

लामो समयदेखि ‘लिभिङ टुगेदर’मा रहेका उनीहरु निशाले बच्चा जन्माउने बेला भएपछि आफुहरुले बिवाह गरेको रहस्य सार्वजनिक गरेका थिए । विवाह गरे लगत्तै निशा सन्तान जन्माउनकै लागि अमेरिका पुगेको बताइएको छ ।

(तस्विरमा निशासँगै अमेरिकामा रहेकी नायिका रञ्जना शर्मा पनि)

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu