सौगात भन्छन्, ‘म आफैंले चाहेर लाउड अभिनय गर्ने होइन’



आफूले निर्वाह गर्ने चरित्रमा पात्रको हाउभाउ, लवज र मनोविज्ञानलाई उतार्न सक्ने अभिनेता हुन्, सौगात मल्ल । हरेक खालका भूमिकामा सशक्त रुपमा प्रस्तुत हुँदै आएका उनले ‘छड्के’, ‘कागबेनी’, ‘लुट’, ‘कथा’ जस्ता चलचित्रमा फरक-फरक चरित्रमा अभिनय गरेका छन् । उनी चरित्र निर्माणमा पनि पर्याप्त मेहेनत गर्ने गर्दछन् । तर, ‘लुट’यता उनले निर्वाह गरेका प्रायः क्यारेक्टर लाउड छन् ।

तर, आफ्नो इच्छाले लाउड अभिनय नगरेको उनको भनाई छ । एक भेटमा उनले भने, ‘मैले ‘लुट’मा बेस्सरी लाउड अभिनय गरेको थिएँ । तर, दर्शकहरुले त्यही कुरा मन पराउनुभयो । क्यारेक्टरमा सुहाउने भयो भने लाइड लाग्दैन, नमिल्यो भने लाइड लाग्ने हो । यसलाई मैले सामान्य रुपमा नै लिएको छु । तर, दर्शकहरुले मलाई लाउड क्यारेक्टरमा नै बढी रुचाउनु भएको छ । म आफैंले चाहेर लाउड अभिनय गर्ने चाहिँ होइन ।’

उनी अभिनीत नयाँ चलचित्र ‘मन्त्र’ बैशाख १६ गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा उनी फरक गेटअप र लवजमा प्रस्तुत छन् । चलचित्रमा उनले पहिलो पटक भोटे भाषा बोलेका छन् । उनी गेटअप र लवजको हिसाबले आफूले यसअघि काम गरेका चलचित्रन्दा ‘मन्त्र’ फरक रहेको बताउँछन् । भोटे भाषाको लवज र टोन नबिग्रियोस् भनेर स्थानीयसँग बुझ्ने प्रयास पनि गरेको उनले बताए ।

सौगात चलचित्रले दर्शकलाई मनोरञ्जन दिनेमा विश्वस्त देखिन्छिन् । उनी अगाडि भन्छन्, ‘मैले पूरा चलचित्र हेरिसकेको छैन । रफ फाइदा हेर्दा मैले इन्जोय गरेँ । समय वितेको मलाई थाहा नै भएन । चलचित्रले दर्शकलाई हलमा बाँधेर राख्न सक्छ भन्नेमा म विश्वस्त छु । चलचित्र प्याकेजको बनेको छ ।’ खिल बहादुर गुरुङ निर्देशित चलचित्रमा सौगातको जोडीको रुपमा अभिनेत्री दीया पुन प्रस्तुत छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu