‘केजीएफ २’ले ५ दिनमा कति कमायो ?



साउथ सुपरस्टार यश अभिनीत चलचित्र ‘केजीएफ २’ले हिन्दी भर्सनमा प्रदर्शनको ५ दिनमा २ सय १९ करोड ५६ लाखको कमाई गरेको छ । चलचित्रले पहिलो दिन ५३ करोड ९५ लाख, दोस्रो दिन ४६ करोड ७९ लाख, तेस्रो दिन ४२ करोड ९० लाख, चौथो दिन ५० करोड ३५ लाख र पाँचौ दिन २५ करोड ५७ लाखको कमाई गरेको ट्रेन्ड एनालिस्ट तरण आदर्शले ट्विटरमार्फत् जानकारी दिएका छन् ।

त्यस्तै, चलचित्रले प्रदर्शनको पाँच दिनमा विश्वभरबाट ६ सय २५ करोड १२ लाखको कमाई गरेको साउथका ट्रेड एनालिस्ट मनोबाला विजयबालनले जानकारी गराएका छन् । उनका अनुसार, भारतमा सबैभन्दा ठूलो कमाई गर्ने चलचित्रको ९ नम्बरको सूचिमा ‘केजीएफ २’ले आफ्नो स्थान बनाएको छ । चलचित्रले दोस्रो हप्ताको विकेन्डमा विश्वभरबाट हजार करोड छाप्ने अनुमान गरिएको छ ।

प्रशान्त नीलद्वारा निर्देशित चलचित्रमा सञ्जय दत्त, रवीना टन्डन, श्रीनिधि शेट्टी, प्रकाश राज र मालविका अविनाशको पनि अभिनय छ । चलचित्र कन्नड, तेलुगु, हिन्दी, तमिल र मलयालम भाषामा रिलिज भएको ‘केजीएफ २’ले नेपालमा समेत आक्रामक कमाई गरिरहेको छ । नेपालका मल्टीप्लेक्सहरुले चलचित्रलाई सर्वाधिक शोज दिएका छन् । दर्शकहरुले चलचित्रको एक्सन पार्टलाई विशेष मन पराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu