पल शाह प्रकरणमा नाबालिगका बाबुले पनि फेरे बयान



अभिनेता पल शाहविरुद्ध जबर्जस्ती करणीको आरोपमा जाहेरी दिने नाबालिगका बुवाले पनि अदालतमा बयान फेरेका छन् । मंगलबार जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले छोरीलाई करणी गरेको सुनेको भरमा अरुको उक्साहटमा प्रहरीमा जाहेरी दिएको तर अहिले बुझ्दै जाँदा यथार्थ विवरण थाहा पाएकाले करणीको घटना नभएको बताएका हुन् ।

दुई दिनअघि तनहुँ जिल्ला अदालतमा नाबालिगले पनि आफूलाई शाहले करणी नगरेको भन्दै बयान फेरेकी थिइन् । विभिन्न प्रलोभन देखाएर नाबालिग र उनको परिवारलाई ‘होस्टाइल’ बनाइएको हुनसक्ने कानुन व्यवसायीहरुको आशंका छ । नाबालिग र उनका बुबाले बयान फेर्दैमा पल शाहले सफाइ पाइहाल्ने अवस्था नभएपनि अदालतले केलाई प्रमाणको रुपमा लिन्छ, त्यो महत्त्वपूर्ण हुने बताइएको छ ।

नाबालिगका बुबाले प्रहरीमा दिएको जाहेरीमा पल शाहले ०७७ चैत ३१ गते गलकोट महोत्सव जाने-आउने क्रममा नाबालिगमाथि गाडीभित्रै संवेदनशील अंग चलाउने, जिस्काउनेजस्ता कार्य गरेको, गत वैशाख १४ गते पोखराको एक घरमा मदिरा पिएर नाबालिग बसेको कोठामा गई जबर्जस्ती करणी गरेको, नवलपरासीमा एक सुटिङको क्रममा होटलमा जबर्जस्ती करणी गरेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu