‘ह्युस्टन फिल्म फेस्टिभल’मा उत्कृष्ट अभिनेताको मनोनयनमा परे महेश



अभिनेता महेश त्रिपाठी अमेरिकाको ‘वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल’मा चलचित्र ‘हल्कारा’बाट उत्कृष्ट अभिनेताको मनोनयनमा परेका छन् । बुधवार फेस्टिभलले सामाजिक सञ्जालमा सार्वजनिक गरेको सूचना अनुसार, महेशले फेस्टिभलमा उत्कृष्ट अभिनेताको विधामा अमेरिकी अभिनेता बेन गेविन र बेलायती अभिनेता ओलिवर लीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

उत्कृष्ट अभिनेताको मनोनयनमा परेपछि अभिनेता त्रिपाठीले विश्वको तेस्रो पुरानो फिल्म फेस्टिभलमा नेपालबाट मनोनयनमा पर्नु आफ्नो लागि ठूलो उपलब्धि र खुशीको कुरा रहेको बताए । ‘नोभेम्बर रेन’बाट चलचित्र अभिनयमा होमिएका उनले दोस्रो चलचित्रको रुपमा ‘हल्कारा’मा काम गरेका थिए । उनी अभिनीत तेस्रो चलचित्र ‘चपली हाइट ३’ गत वर्षको पुषमा प्रदर्शनमा आएको थियो ।

अमेरिकाको टेक्सासमा अप्रिल २० देखि २४ सम्म हुने फेस्टिभलमा ‘हल्कारा’ २३ तारिखमा प्रिमियर हुने बताइएको छ । चलचित्रमा महेशसहित बिनिता थापामगर, उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्कीलगायतको अभिनय छ । चलचित्रलाई विप्लप प्रतीक र आकाश बरालले लेखेका हुन् । कालीपार स्टुडियो र आइसफल प्रडक्सनले निर्माण गरेको चलचित्रका निर्माता रामकृष्ण पोखरेल हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu