नवलपरासी जिल्ला अदालतमा पनि नाबालिगले भनिन्, ‘पल शाह निर्दोष छन्’



अभिनेता पल शाहले आफूलाई जबर्जस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी नाबालिग गायिकाले तनहुँ जिल्ला अदालतपछि जिल्ला अदालत पूर्वी नवलपरासीमा पनि शाहले बलात्कार नगरेको बताएकी छन् । बुधवार नवलपरासी जिल्ला अदालतमा उपस्थित भएर बकपत्र गर्ने क्रममा उनले पल शाहले आफूमाथि जबरजस्ती करणी गरेको भन्ने यसअघिको बयानमा सत्यता नरहेको बताएकी हुन् ।

नाबालिग गायिकाले आफूले अरुको उक्साहटमा आएर शाहले बलात्कार गरेको अभियोग लगाएको भएपनि वास्तविकता त्यस्तो नभएको बताएकी हुन् । गत चैत २३ गते जिल्ला अदालत नवलपरासीले शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिँदै बैशाख ७ गते अदालतमा उपस्थित हुन आदेश दिएको थियो । तनहुँ जिल्ला अदालतमा बकपत्रको कार्य सकिएपछि शाहलाई बुधवार विहान तनहुँबाट नवलपरासी लगिएको थियो ।

गत फागुन ११ गते नाबालिगले पल शाहविरुद्ध तनहुँ प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । जाहेरी परेको चार दिनपछि प्रहरीसमक्ष आत्मसमर्पण गरेका पललाई गत चैत १० गते तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । नाबालिगको तर्फबाट शाहविरुद्ध प्रहरीमा जाहेरी दिने उनका पिताले समेत मंगलवार तनहुँ जिल्ला अदालतमा बयान हेरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu