केकीले गरिन् बिहे, यी हुन् उनका श्रीमान्



अभिनेत्री केकी अधिकारीले विवाह गरेकी छन् । उनले बुधवार परिवार र आफू नजिकका साथीहरुको उपस्थितिमा व्यवसायी रोहित तिवारीसँग विवाह गरेकी हुन् । रोहितसँग उनी केही समयदेखि प्रेम सम्बन्धमा थिइन् । उनीहरुको अफेयरको बारेमा केकी नजिकका केही सीमित व्यक्तिलाई मात्र थाहा थियो । केकीले बिहीवार विवाहका तस्विरहरु सार्वजनिक गर्ने बताइएको छ ।

केकीका श्रीमान् रोहित तिवारी हाम्रो बजार डटकमका सीइओ तथा फुडमारियोका सह संस्थापक तथा सीइओ रहेको बुझिएको छ । केकीको विवाहमा रीमा विश्वकर्मा लगायतका केही सीमित चलचित्रकर्मीहरुको मात्र उपस्थिति रहेको थियो । विवाहपछि केकी श्रीमान् बस्ने काठमाडौंस्थित ग्रान्डी अपार्टमेन्टमा भित्रिएकी छन् । उनी पहिल्यैदेखि गुपचुप रुपमा विवाह गर्ने योजनामा थिइन् ।

केकीले चलचित्र ‘स्वर’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । त्यसयता तीन दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी उनको करिअरको पहिलो सुपरहिट चलचित्र ‘छ माया छपक्कै’ हो । यही चलचित्रबाट उनले हालसालै ‘डि सिने अवार्ड’मा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् । उनी अभिनीत ‘परदेशी २’, ‘झिंगेदाउ’, ‘सिल्लो फो’ जस्ता चलचित्रहरु प्रदर्शनको तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu