एक हप्तामा ‘ए मेरो हजुर ४’ले कमायो ४ करोड



बैशाख १ गतेबाट प्रदर्शनमा आएको झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ४’को एक हप्ते कलेक्सन रिपोर्ट सार्वजनिक भएको छ । प्रदर्शनको तीन दिनमा २ करोड ४३ लाख कमाएको चलचित्रले एक हप्तामा ४ करोड १ लाख ग्रस कलेक्सन गर्न सफल भएको छ । बिहीवार निर्माण टिमले एक पोस्टरमार्फत् चलचित्रको एकहप्ते कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो ।

यो चलचित्रले बक्सअफिसमा साउथ चलचित्र ‘केजीएफ २’सँग भिडन्त गरेको थियो । यसका बावजूद पनि चलचित्रले पहिलो हप्ता आक्रामक कमाई गरेको छ । बिहीवारबाट दोस्रो हप्तामा प्रवेश गरेको चलचित्रले घरेलु बजारबाटै लगानी उठाउनेमा निर्माण टिम ढुक्क छ । पहिलो हप्ताझैँ दोस्रो हप्तामा पनि चलचित्रको कमाई राम्रो हुनेमा निर्माता सुनील कुमार थापा विश्वस्त छन् ।

लभस्टोरी जनरामा बनेको चलचित्रमा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम, रेअर राई लगायतको अभिनय रहेको छ । मित्र डि. गुरुङको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको चलचित्रको कथा झरना थापा र स्वं. छेतन गुरुङले मिलेर लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu