साहित्य, कला र संस्कृतिको जगेर्ना तथा प्रवर्द्धन गर्ने उदेश्यले स्थापना भएको ‘अभियान साहित्य कलाकार समाज’ले नयाँ वर्षको अवसर पारेर विभिन्न स्रस्टा तथा कलाकार सम्मानित गरेको छ । बरिष्ठ साहित्यकार भद्रकुमारी घले प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मोदनाथ प्रश्रित, राम कुमार पाँडे, अशेष मल्ल, हरिबहादुर थापा, रमेश खकुरेल, लक्ष्मी भुषाल, राज्यलक्ष्मी नकर्मी र भद्र कुमारी घले सम्मानित भएका हुन् ।

त्यस्तै, समाजले कलाकारतर्फ रामचन्द्र अधिकारी, सुभाष गजुरेल, सुरबीर पण्डित, साहित्यकारहरु गोबिन्द घिमिरे ‘बेदमणी’, रमेश शुभेच्छु, गणेश घिमिरे मार्मिक, महाप्रसाद पराजुली, हरि प्रकाश पुडासैनी, रङ्ग पत्रकार कृष्ण भट्टराई, फोटो पत्रकार नवराज वाग्लेसहित २१ जनालाई सम्मान गर्यो ।
अबदेखि प्रत्येक वर्ष संस्थाले कलाकारिता, साहित्य तथा समाजसेवामा योगदान पुर्याउने ब्यक्तित्वलाई सम्मान गरिने र कलाकार तथा साहित्यकारको हकहित र संरक्षण तथा प्रवर्द्धनमा विशेष योजना ल्याएर सक्रिय रुपमा काम गर्ने अध्यक्ष पशुपति दंगालले बताए ।