‘नाइँ नभन्नू ल ६’मा किन नहुने भए अनुभव ?



‘नाइँ नभन्नू ल’ सिरिजले स्टार बनाएको कलाकार हुन्, अनुभव रेग्मी । यो चलचित्रको दोस्रो श्रृंखलादेखि जोडिएका उनी पाँचौं श्रृंखलासम्म मुख्य भूमिकामा देखिए । उनका कारण पनि ‘नाइँ नभन्नू ल’ सिरिजले लोकप्रियता हासिल गरेको कतिपयको तर्क छ । दर्शकलाई रुवाउने जिम्मा नै उनको हुने गर्थ्यो । तर, अब यो चलचित्रको छैटौं सिरिजमा उनको अभिनय नरहने भएको छ ।

अनुभव अहिले हर्लक्कै बढेका छन् । उनलाई न बाल कलाकारको रुपमा अभिनय गर्न सुहाउँछ न उमेर र कदले हिरो बन्न । यही कारण निर्देशक विकासराज आचार्यले छैटौं सिरिजमा अनुभवलाई नलिने भएका हुन् । ‘नाइँ नभन्नू ल’ सिरिजबाट अनुभव बाहिरिँदा अभिनेत्री आँचल शर्मा भने मुख्य भूमिकामा देखिने भएकी छन् । उनले चलचित्रमा काम गर्ने मौखिक सहमति भइसकेको छ ।

निर्देशक आचार्यले चलचित्रमा आँचलले अभिनय गर्ने लगभग पक्का भएको तर कागजी सम्झौता हुन बाँकी रहेको जानकारी दिए । आँचलले चलचित्र ‘बर एन्ड बधु’को छायांकन सकाएपछि ‘नाइँ नभन्नू ल ६’का लागि समय दिनेछिन् । उनले यही चलचित्रको चौथो पार्टबाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । सामिप्यराज तिमल्सिना र विकासराज आचार्यले चलचित्रको कथा लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu