प्रेमी आशिषसँग वर्षाले गरिन् बिहे



अभिनेत्री वर्षा सिवाकोटीले विवाह गरेकी छन् । उनले शुक्रवार काठमाडौंको नागार्जुन रानीवनस्थित रेसु भिल्लामा प्रेमी आशिष गेलालसँग विवाह गरेकी हुन् । निकै गोप्य राखिएको विवाह समारोहमा बेहुला र बेहुली पक्षका सीमित परिवारका सदस्यहरुको मात्र उपस्थिति रहेको थियो । वर्षाले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफू विवाह बन्धनमा बाँधिएको जानकारी गराएकी हुन् ।

वर्षा र आशिषले जारी गरेको पोस्टमा भनिएको छ, ‘आज हामी परिवारको उपस्थितिमा एक निजी समारोहबीच आधिकारिक रूपमा विवाह बन्धनमा बाँधिएका छौं र यो कुरा बाँड्न पाउँदा हामी अत्यन्तै हर्षित छौं । जब हामी जीवनको नयाँ अध्यायमा प्रवेश गर्छौं, हामी तपाइँ सबैलाई माया र समर्थनको लागि धन्यवाद दिन चाहन्छौं ।’ वर्षाले बिहेको तस्विर भने सार्वजनिक गरेकी छैनन् ।

प्राप्त जानकारी अनुसार, वर्षा र आशिषको विवाह समारोहमा डेढ सय जनाको उपस्थिति रहेको थियो । वर्षाका श्रीमान् पेशाले इन्जिनियर हुन् । उनी लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । उनको नेपाल घर भने बालुवाटार रहेको बुझिएको छ । गत महिना मात्र वर्षा आशिषलाई भेट्नका लागि अमेरिका गएकी थिइन् । त्यहीँ उनीहरुको विवाहको मिति तय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu