४० दिनमा सकियो ‘परस्त्री’को छायांकन



सुरज पाण्डेको निर्देशनमा बनेको चलचित्र ‘परस्त्री’को सम्पूर्ण छायांकन सकिएको छ । छायांकन सुरु भएको ४०औं दिनमा चलचित्र इन्डल्याप भएको निर्माता तथा लेखक दीपेन्द्र के. खनालले जानकारी दिए । मुस्ताङबाट चलचित्रको छायांकन सुरु भएको थियो । त्यहाँ केही दिन खिचेपछि बाँकी छायांकन काठमाडौंमा गरिएको हो । चलचित्रलाई कात्तिक ६ गते प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ ।

‘पशुपति प्रसाद’, ‘आमा’ जस्तो उत्कृष्ट चलचित्र बनाएका दीपेन्द्रले चलचित्रको कथा लेखेका हुन् । चलचित्रको छायांकन अवधिभर उनी सेटमै थिए । तर, आफूले सुरजलाई क्रिएटिभ पार्टमा कुनै दख्खल नदिएको उनी बताउँछन् । उनी भन्छन्, ‘मैले स्क्रिप्ट उसलाई बुझाएपछि सेटमा म क्रिएटिभ पार्टमा छिरिनँ । सुरजले आफ्नै हिसाबले काम गर्‍यो । यसपटक मैले प्रोडक्सनको पार्ट मात्र हेरेँ ।’

सुरजले यही चलचित्रबाट निर्देशनमा डेब्यू गरेका हुन् । दीपेन्द्रले चलचित्र ‘लभ लभ लभ’बाट उनलाई नायकको रुपमा डेब्यू गराएका थिए । सुरजको कामबाट आफू सन्तुष्ट रहेको दीपेन्द्रको भनाई छ । उनी भन्छन्, ‘मैले फिटेजहरु हेर्दा गजब लागेको छ । एउटा सिन पनि कम्प्रमाइज नगरी सुरजले चलचित्र खिचेको छ । फिटेजहरु हेर्दा मैले जस्तो सोचेको थिएँ त्यो आएको छ भन्ने लागेको छ ।’

चलचित्रमा कोशिश क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा लगायतका कलाकारहरु मुख्य भूमिकामा छन् । निरज पाण्डेले चलचित्रलाई खिचेका हुन् । थ्रिलर जनरामा निर्माण भएको चलचित्रले एक विवाहित पुरुषको अफेयरको कथा वाचन गर्ने बताइएको छ । डिएस डिजिटलको व्यानरमा निर्माण भएको चलचित्रकी निर्मात्री शर्मिला पाण्डे हुन् । सुरज, उनकै छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu