एभरेस्ट बेस क्याम्पमा दीयाले फहराइन् ‘मन्त्र’को ब्यानर



बैशाख १६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘मन्त्र’की अभिनेत्री दीया पुन यतिबेला सगरमाथा आरोहणको तयारीमा छिन् । यसैक्रममा उनले सगरमाथाको काखमा अवस्थित एभरेस्ट बेस क्याम्पमा राष्ट्रिय झन्डा र चलचित्रको ब्यानर फहराएकी छन् । एभरेस्ट बेस क्याम्प ५३४८ मिटरको उचाईमा छ । गत चैतमा उनलाई काठमाडौंबाट निर्माण टिमले विदाई गर्दा नेपालको झन्डा र चलचित्रको ब्यानर हस्तान्तरण गरेको थियो ।

गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको चलचित्रका निर्देशक खिल बहादुर गुरुङ हुन् । हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको चलचित्रलाई निर्देशक गुरुङले अर्गानिक भनेका छन् । चलचित्रमा दीया र सौगात मल्लको मुख्य भूमिका छ । गोरखाको मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाएर चलचित्रको निर्माण गरिएको हो ।

सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् । मनास्लु हिमालको बेसक्याम्प क्षेत्रमा छायांकन गरिएको चलचित्रमा नमिता तामाङ, पासाङ टी शेर्पा र वीरबहादुर लामाको पनि अभिनय रहेको छ । परिक्षेद सेनको कथा रहेको चलचित्रमा साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन एवं मित्र डि. गुरुङको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu