मिथिला शर्मालाई ‘हरितारा चलचित्र पुरस्कार’ प्रदान गरिने



वि.सं. २०५२ सालमा विजया राणा (तारा नानी) ले आफू र आफ्ना पति हरि शम्सेरको नाममा अक्षय कोष राखी स्थापना गरेको चलचित्र क्षेत्रकै पहिलो पुरस्कार ‘हरितारा चलचित्र पुरस्कार’ अभिनेत्री मिथिला शर्मालाई प्रदान गरिने भएको छ । हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शम्सेर जबराको अध्यक्षतामा बसेको बैठकले उनलाई २०७७ सालको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

त्यस्तै, २०७८ सालको ‘हरितारा चलचित्र पुरस्कार’ रंग पत्रकार विदुर गिरीलाई प्रदान गरिने भएको छ । दुवै पुरस्कारको राशी ५० हजार छ । यसैगरी, परिवर्तन नेपालले २०७७ र २०७८ सालको दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार अभिनेता विनोद श्रेष्ठ र प्राविधिक मनोज केसीलाई प्रदान गर्ने भएको छ । यो पुरस्कारको राशी दश हजार छ ।

परिवर्तन नेपालले मदन घिमिरे, ज्ञानेन्द्र देउजा, श्रीदेव भट्टराई, मौनता श्रेष्ठ र राज कुमार शाहलाई ‘परिवर्तन नेपाल विशेष सम्मान’ र शारदा गिरी, जनक खकुरेल, देवेन्द्र पाण्डे, दिपाशा वि.सी., नन्दा बस्याल, मन्जु निरौला, रजनी अर्याल र रेणु पौडेललाई ‘परिवर्तन सम्मान’ अर्पण गर्ने निर्णय गरेको छ । परिवर्तन नेपालले निर्देशक स्वर्गीय चेतन कार्कीको स्मृतिमा पुरस्कार पनि स्थापना गरेको छ ।

स्थापना वर्षको पुरस्कार कलाकार देशभक्त खनाललाई प्रदान गरिने परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । त्यस्तै, ‘परिवर्तन पत्रकारिता विशेष सम्मान’ सञ्चारकर्मी दिनेश सिटौलालाई प्रदान गर्ने निर्णय भएको छ । पुरस्कार तथा सम्मानको सिफारिस निर्देशक तथा कलाकार मोहन निरौला, गीतकार तथा डिजाइनर सुन्दर श्रेष्ठ र सञ्चारकर्मी शान्तिप्रियको समितिले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu