‘षट्कोण’ गीतमा हत्याको रहस्य खोज्दै कार्म



आगामी बैशाख २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘षट्कोण’को ‘रहस्य’ बोलको प्रोमोशनल गीत सार्वजनिक गरिएको छ । युनिक पोइटको शब्द रचना तथा स्वर रहेको गीतको संगीत विशेष पाण्डेले तयार पारेका हुन् । गीतमा हत्याको रहस्य पत्ता लगाउने क्रममा एक पात्रले भोगेको कथालाई प्रस्तुत गरिएको छ ।

साइकोलोजिकल थ्रिलर कथामा निर्माण भएको चलचित्रमा अभिनेता कार्म एक हत्याको अनुसन्धान गरिरहेको पत्रकारको भूमिकामा देखिएका छन् । चलचित्रलाई मिलन डि काप्रिले निर्देशन गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय चलचित्र हो । चलचित्रमा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिले सम्पादन छ ।

चलचित्रमा कर्मा र भोलाराज सापकोटाका अलवा लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामाको अभिनय रहेको छ । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन् । चलचित्रको वितरण जिम्मा आरआर फिल्मस्ले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu