‘ह्युस्टन फिल्म फेस्टिभल’मा महेश बने उत्कृष्ट अभिनेता



अमेरिकाको ‘वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल’मा महेश त्रिपाठीले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । अमेरिकाको टेक्सासमा यही अप्रिल २० देखि २४ सम्म आयोजना भएको फेस्टिभलमा उनले चलचित्र ‘हल्कारा’बाट अवार्ड जितेका हुन् । उनले उत्कृष्ट अभिनेताको मनोनयनमा अमेरिकी अभिनेता बेन गेविन र बेलायती अभिनेता ओलिवर लीसँग प्रतिस्पर्धा गरेका थिए ।

अभिनेता त्रिपाठीले संसारकै तेस्रो पुरानो र प्रतिष्ठित फिल्म फेस्टिभलमा नेपालबाट उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गर्नु आफ्नो लागि ठूलो उपलब्धि र खुशीको कुरा रहेको बताए । यो अवार्डले आफूलाई थप हौसला र प्रोत्साहन गरेको उनको भनाई छ । उनले आफ्नो अभिनय करिअरमा जितेको यो पहिलो अन्तर्राष्ट्रिय अवार्ड हो । ‘हल्कारा’ नेपालको सिनेमा हलमा भने प्रदर्शन भइसकेको छैन ।

फेस्टिभलमा २३ तारिखमा प्रिमियर भएको चलचित्रले प्लाटिनम रेमी अवार्ड र यही फिल्मबाट छायांँकार चिन्तनराज भण्डारीले गोल्ड रेमी अवार्ड पनि जितेका छन् । चलचित्रमा महेशसँगै बिनिता थापामगर, उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्की लगायतको अभिनय छ । विक्रम सापकोटा निर्देशित चलचित्रलाई विक्रमसँगै विप्लप प्रतीक र आकाश बरालले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu