यी हुन् ‘कठपुतली’ हेरेर ‘आइफोन १२’ जित्ने भाग्यमानी



काठमाडौं । गत बर्षको पुष १६ गते प्रदर्शनमा आएको चलचित्र ‘कठपुतली’ले प्रदर्शनको समयमा दर्शकहरुका लागि उपहार योजना अगाडि सारेको थियो । चलचित्र हेर्नका लागि सिनेमा हलको काउन्टरबाट काटेको टिकटसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नेहरुमध्ये गोला प्रथाबाट एक जनालाई एप्पल कम्पनीको ‘आइफोन १२’ प्रदान गर्ने घोषणा गरिएको थियो ।

सोही घोषणा बमोजिम निर्माण टिमले ‘आइफोन १२’ जित्ने विजेताको नाम गोला प्रथाबाट छानेको छ । चलचित्रको टिमले जारी गरेको सम्पूर्ण मापदण्ड पूरा गरेर टिकटसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नेमध्ये धिरज थापाले १ लाख ३० हजार मुल्यको ‘आइफोन १२’ जितेका छन् । मंगलवार चलचित्रका अभिनेता कार्म शाक्यले गोला प्रथाबाट विजेताको नाम घोषणा गरेका हुन् ।

सेल्फी पोष्ट भएको फेसबुक अकाउन्टबाट थापा बुटवलको भएका र उनले त्यहाँको क्युएफएक्स हलमा चलचित्र हेरेको बुझिएको छ । विजेता थापाले ७ जनवरीमा साथीहरु गएर बुटवलको हलमा ‘कठपुतली’ हेरेका थिए । उनले साथीहरुसहितको टिकटसँग सेल्फी खिचेर फेसबुकमा पोस्ट गरेका थिए । चलचित्रकी कार्यकारी निर्मात्री तथा लेखक सम्पदा मल्लले विजेता थापासँग सम्पर्क गरेर उपहार हस्तान्तरण गर्ने बताइन् । उनले विजेता थापालाई उपहार ग्रहण गर्नका लागि आफूहरुसँग सम्पर्क गर्न पनि आग्रह गरेकी छन् ।

चलचित्रको प्रिमियर र रिलिजमा नेपाल हुन नपाउँदा खल्लो महशुस भएको बताउँदै कार्मले चलचित्रबाट मिलेको प्रतिक्रियाले उत्साहित भएको बताए । उनले भने, ‘म स्क्रिप्ट पढ्दा नै उत्साहित थिएँ । चलचित्र हेरिसकेपछि झन् आशा जगायो । मलाई घिसिपिटी लभस्टोरी र फर्मुलाको चलचित्र गर्नु छैन । म सधैं फरक चलचित्र गर्न चाहन्छु । भोलीका दिनमा पनि ‘कठपुतली’ जस्तो चलचित्र गर्ने मन छ ।’

पृथ्वी राना मगरद्वारा निर्मित तथा भिमसेन लामा निर्देशित चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय रहेको छ । जोएल फ्रूमले खिचेका चलचित्रका निर्माता पृथ्वी रानामगर हुन भने सह निर्माताहरुमा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । हरर जनरामा बनेको चलचित्रलाई दर्शकहरुले रुचाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu