‘मन्त्र’ अर्गानिक चलचित्र हो : सौगात मल्ल



अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘मन्त्र’ बैशाख १६ गतेबाट प्रदर्शनमा आउँदैछ । उनी चलचित्र अर्गानिक बनेको र दर्शकलाई मन पर्नेमा विश्वस्त छन् । उनी भन्छन्, ‘चलचित्र हिमाली कथामा बनेको हो । मैले यसअघि गरेका चलचित्रभन्दा ‘मन्त्र’को कथा भिन्न छ । म आफैंलाई पनि चलचित्रको कथाले मन छोएको छ ।’ चलचित्रमा उनी गोठालोको भूमिकामा छन् ।

चिसो मौसम मन पर्ने भएकाले ५१०० मिटरमाथिको उचाइँमा रहेको मनास्लु हिमाल क्षेत्रमा छायांकन गर्न गाह्रो नभएको उनको अनुभव छ । यसअघि उनले चलचित्र ‘कागबेनी’ पनि हिमाली भेगमै छायांकन सकाएका थिए । यसअर्थ ‘मन्त्र’का लागि आफ्नो भूमिका विकसित गर्न सहयोग पुगेको उनको भनाई छ । दर्शकलाई आफ्नो गेटअप र लवज नौलो लाग्नेमा पनि उनी विश्वस्त छन् ।

सौगातले छायांकन सुरु हुनुभन्दा केही दिन अगाडि गएर मनास्लु क्षेत्रको रहनसहन बुझ्ने प्रयास गरेका थिए । स्थानियहरुसँग संगत गरेर सिकेका कुराले आफूलाई चरित्रमा डुब्न सघाउ पुर्‍याएको उनी बताउँछन् । खिलबहादुर गुरुङको निर्देशनमा बनेको चलचित्रमा सौगातका अलावा दीया पुन, बुद्धि तामाङ, नमिता घिसिङ्ग, बिर बहादुर लामा, पासाङ्ग टि शेर्पालगायतको अभिनय रहेको छ ।

सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् । चलचित्रमा परिक्षेद सेनको कथा, साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन र मित्र डि. गुरुङको सम्पादन छ । चलचित्रलाई काठमाडौंमा काफिया फिल्मस् र मोफसलमा एफडि कम्पनीले वितरणको जिम्मा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu