रञ्जना सिनेप्लेक्सले साताको दुई दिन १७५ रुपैयाँमा चलचित्र देखाउने



न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्सले साताको दुई दिन टिकट मुल्य आधा कम बनाउने निर्णय गरेको छ । ३ सय ५० रुपैयाँ टिकट दर कायम गरेर सञ्चालनमा आएको हलले अबदेखि साताको दुई दिन १ सय ७५ रुपैयाँमा नै चलचित्र देखाउन लागेको हो । प्रत्येक बुधवार र बिहीवार दर्शकहरुले नेपाली र विदेशी चलचित्र उक्त मुल्यमा हेर्न पाउने म्यानेजर विनोद पौडेलले जानकारी दिए ।

दर्शकहरुलाई सुविधा दिने हेतुले साताको दुई दिन टिकट मुल्य सस्तो बनाइएको पौडेलको भनाई छ । यसले हलप्रति दर्शकको आकर्षण बढाउने पनि उनको विश्वास छ । राजधानीका अन्य मल्टीप्लेक्सहरुले पनि हप्ताको एक वा दुई दिन चलचित्रको टिकट मुल्य आधा कम बनाएका छन् । पछिल्लो समय चलचित्र हेर्नका लागि दर्शकहरुको मल्टीप्लेक्सतर्फ आकर्षण बढ्दो छ ।

रञ्जना हलमा तीन अडिटोरियम छन् भने ५३१ जना दर्शकले एकसाथ बसेर चलचित्र हेर्न सक्नेछन् । कालु गुरुङ, वीरेन्द्रनारायण महर्जन र नरेन्द्र महर्जनले मिलेर सञ्चालनमा ल्याएको हलमा फोरके प्रोजेक्टर जडान गरिएको छ । नेपालमै पहिलो पटक एलडब्ल्यु साउण्ड सिष्टम जडान गरिएको हलमा थ्रिडि फिल्मका पारखीहरुलाई लक्षित गरि थ्रिडि सिस्टम समेत जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu