निर्माता छविराज ओझाकी आमाको निधन



नेपाली चलचित्रका प्रख्यात निर्माता छविराज ओझालाई मातृशोक परेको छ । उनकी ९९ वर्षिय आमा डम्बरकुमारी ओझाको मंगलवार विहान ९ बजे निधन भएको हो । धरानस्थित नीजि निवासमा निर्माता ओझाकी आमाको निधन भएको जानकारी प्राप्त छ ।

चलचित्रकर्मीहरुले सामाजिक सञ्जालमार्फत् छविराजकी आमाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । छविराज आमासँग निकै नजिक थिए । काठमाडौंमा बसोबास गर्ने भए पनि उनी आमासँग भेट गर्न धरान पुगिरहेका हुन्थे । नयाँ कामको थालनी गर्दा उनी सबैभन्दा पहिला आमाको आर्शिवाद लिन धरान जाने गर्थे ।

छविराजले आफूले निर्माण गरेको पछिल्लो चलचित्र ‘मंगलम’ आमालाई इटहरीको एक हलमा लगेर देखाएका थिए । त्यसबेला अभिनेत्री शिल्पा पोखरेल पनि साथमा थिइन् । निर्माता ओझाले ‘मंगलम’पछि नयाँ चलचित्र निर्माण गरेका छैनन् । यतिबेला निर्माता ओझा नयाँ चलचित्र निर्माणको तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu