ब्यास बिस्सुको ‘लाइफ इन एलए’को ट्रेलर रिलिज



सुर्य एन श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्र ‘लाइफ इन एलए’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा त्रिकोणात्मक प्रेमकथा देखाइएको छ । अमेरिकामा अकेशा विष्ट र नेपालमा शिल्पा मास्केसँग झाँगिएको ब्यास बिस्सुको प्रेम र ग्रिनकार्ड पाउन गर्ने संघर्षको कथामा चलचित्र आधारित रहेको ट्रेलरबाट प्रस्ट्याउन खोजिएको छ ।

आउँदो जेठ ६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा ब्यास, आकेशा र शिल्पाका अलावा गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाललगायतको पनि अभिनय रहेको छ । अमेरिकामा ७० प्रतिशत र नेपालमा ३० प्रतिशत छायांकन भएको चलचित्रलाई ब्यास बिस्सु आफैंले निर्माण गरेका हुन् ।

चलचित्रले विभिन्न शिलशिलामा अमेरिका जाने नेपालीको संघर्ष र सफलताको कथा भन्ने ब्यासले जानकारी दिए । चलचित्रले उठान गरेको कथाले आम नेपालीको मन छुने उनको विश्वास छ । त्यस्तै, अभिनेत्री मास्केले कथावस्तु, आफ्नो चरित्र र टिम राम्रो लागेर काम गरेको बताउँदै चलचित्रको माध्यमबाट अमेरिकामा बस्ने नेपालीको संघर्ष र सफलताको कथा बुझ्ने मौका पाएको बताइन् ।

ब्यास इन्टरटेनमेन्टले प्रस्तुत गरेको चलचित्रको कार्यकारी निर्मातामा संसार अन्जान सुवेदी छन् भने निर्मातामा राजेन्द्र ठकुराथी छन् । भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको संयुक्त सम्पादन रहेको चलचित्रमा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ । दीपक वली एसोसियट निर्देशक रहेको चलचित्रमा एलिस कार्की र प्रतिक पौडेलको संगीत र प्रताप दास र कविता श्रेष्ठ स्वर छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu