जेठ २७ मा ‘कौसीद’ रिलिज नहुने



चलचित्र ‘कौसीद’को रिलिज पोस्टपोन्ड भएको छ । आगामी जेठ २७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र पूर्वनिर्धारित मितिमा प्रदर्शन नहुने भएको हो । पोस्ट प्रोडक्सनको काम सकिन समय लाग्ने र पब्लिसिटीका लागि पर्याप्त समय नपुग्ने भएपछि रिलिज स्थगन गरिएको निर्देशक कुमार भाष्करले जानकारी दिए ।

अब चलचित्रलाई नेपालभन्दा पहिला विदेशी भूमिमा प्रदर्शन गरिने भएको छ । जापान र अष्ट्रेलियामा चलचित्रको प्रिमियर हुने निश्चित भइसकेको निर्देशक भाष्करले बताए । विदेशमा प्रदर्शन गरेपछि आगामी मंसिरमा चलचित्रलाई नेपालमा प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ । चलचित्रमा ऋचा शर्मा, भोलाराज सापकोटा, रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम लगायतको मुख्य भूमिका रहेको छ ।

केदार भुसाल निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ र सह-निर्मातामा लक्ष्मण बानियाँ रहेका छन् । चलचित्रको कथा लेखन नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन् । निसाल पौडेलले छायांकन गरेको चलचित्रमा मित्र डि. गुरुङ र भिम विश्वकर्माको सम्पादन छ । ऋचा शर्मा चलचित्रकी प्रस्तुतकर्ता हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu