लेडी एक्सन चलचित्र ‘आँधी तुफान २’को पोस्टरसहित रिलिज मिति घोषणा गरिएको छ । आगामी साउन २० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका तीन अभिनेत्रीहरु आरती आचार्य, सोनी बिसी र याङ्शु श्रेष्ठ एक्सन अवतारमा प्रस्तुत छन । चलचित्रको मूल कथा नै उनीहरुमाथि केन्द्रित रहेको पोस्टरले बुझाउँछ ।

मदन घिमिरे निर्देशित चलचित्रमा रवी गिरी, पुस्कर राउत, संचीत भण्डारी, विन्दीया ठकुरी, रुपा केसी, ऋचा थापा, चक्र राई, संजय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकी, मुकेश कपाली, योचिना खड्गी, अची श्रेष्ठ, सुदीप आचार्य र बालकलाकार अरुण कालिराजको अभिनय छ ।
सस्पेन्स थ्रिलर चलचित्रले नारी शक्तिको काथा बोल्ने निर्माता तथा लेखक मौनता श्रेष्ठले बताए । चलचित्रमा मौनता श्रेष्ठको कथासँगै पटकथा तथा संवाद, रामशरण उप्रतीको छायांकन, कमल राई र अभि वाग्लेको कोरियोग्राफी, सुरेश अधिकारी र विक्रम थापाको संगीत, हरी उप्रती र दीपेन्द्र खड्काको गीत रचना, प्रेम चुल्ठेको द्धन्द्व निर्देशन, सुवानी मोक्तान, विनुसा राई र अर्चन लिम्बुको स्वर र मन्दिल श्रेष्ठको सम्पादन रहेको छ ।