हलमा लाग्यो सौगात र दीयाको ‘मन्त्र’



फ्राइडे रिलिज अन्तर्गत अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुन अभिनीत चलचित्र ‘मन्त्र’ प्रदर्शनमा आएको छ । शुक्रवारबाट देशभर एकसाथ प्रदर्शनमा आएको यो चलचित्रले बुधवार राजधानीमा भएको प्रिमियरमा सुखद् प्रतिक्रिया बटुलेको थियो । चलचित्रले दर्शकबाट राम्रो साथ पाउनेमा निर्माण टिम विश्वस्त छ । हिमाली प्रेमकथा भनिएको चलचित्रलाई मनास्लु क्षेत्रमा खिचिएको हो ।

डिभाइन इन्टरटेन्टमेन्ट र डिएस प्रोडक्सनले सहकार्य गरेको चलचित्रलाई खिल बहादुर गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा सौगात र दीयाका अलावा बुद्दि तामाङ, नमिता घिसिङ्ग, बिर बहादुर लामा, पासाङ्ग टि शेर्पालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको चलचित्रमा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठ निर्मातामा छन् ।

चलचित्रमा सह-निर्माताको रुपमा भिमसेन केसी र विशेष सहयोगी अमृत थापा रहेका छन् । साम्तेन भुटिया, सुनिल नेउरे, परिच्छेद सेनले मिलेर लेखेको चलचित्रमा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन, सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ । ‘मन्त्र’लाई काठमाडौं बाहिर एफडि कम्पनी र उपत्यकामा काफिया फिल्म्सले वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu