‘ए मेरो हजुर ४’ले दुई हप्तामा कमायो ५ करोड ६ लाख



बैशाख १ गतेबाट प्रदर्शनमा आएको झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ४’को दुई हप्ताको कलेक्सन रिपोर्ट सार्वजनिक भएको छ । पहिलो हप्ता ४ करोड १ लाख ग्रस कमाएको चलचित्रले दोस्रो हप्तामा १ करोड ५ लाखको व्यापार गरेको शुक्रवार निर्माण टिमद्वारा जारी रिपोर्टमा उल्लेख छ । पहिलो र दोस्रो हप्ताको कलेक्सन जोड्दा चलचित्रले ५ करोड ६ लाखको कमाई गरेको छ ।

पहिलो हप्ता आक्रामक कमाएको चलचित्रको व्यापार दोस्रो हप्ता धेरै हदसम्म सुस्ताएको देखिन्छ । दर्शकको चापअनुसार मल्टीप्लेक्समा शोज नबढ्नुले चलचित्रले दोस्रो हप्तामा कमाईमा उछाल ल्याउन नसकेको धेरैको आँकलन छ । यद्यपि, साउथ चलचित्र ‘केजीएफ २’को दबदबाबीच पनि चलचित्रले दुई हप्तामा ५ करोड ६ लाखको व्यापार गर्नुलाई आक्रामक मान्न सकिन्छ ।

सुनिल कुमार थापा निर्मित चलचित्रमा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम, रेअर राई लगायतको अभिनय रहेको छ । मित्र डि. गुरुङको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको चलचित्रको कथा झरना थापा र स्वं. छेतन गुरुङले मिलेर लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu