थिएटर र चलचित्रबाटै उदाएका कलाकार फरक हुन् भन्ने सोचाई छ : भोलाराज



नेपाली चलचित्रमा थिएटर र चलचित्रबाटै उदाएका कलाकारहरुको हालीमुहाली छ । थिएटरका कलाकारहरु अभिनयमा अब्बल हुन्छन् र चलचित्रले जन्माएका कलाकारसँग स्टार पावर हुन्छ मान्यता छ । उनीहरुको चलचित्र छनोट, काम गर्ने शैली, अभिनयप्रतिको बुझाई पनि फरक-फरक हुने गर्छ । यसैले थिएटर र चलचित्रबाट आएका कलाकारबीच इगोको समस्या रहेको बताइन्छ ।

थिएटरबाटै चलचित्रमा आएका कलाकार भोलाराज सापकोटा थिएटर र चलचित्रबाट आएका कलाकारहरु फरक हुन् भन्ने सोचाई दुवैतिर रहेको बताउँछन् । शनिवार एक भेटमा उनले भने, ‘थिएटरबाट आएका कलाकार र चलचित्रले जन्माएका कलाकारबीच इगो समस्या छ वा छैन मलाई थाहा छैन । तर, थिएटर र चलचित्रबाटै आएका कलाकारहरु फरक हुन् भन्ने सोचाई चाहिँ दुवैतिर छ ।’

चलचित्रका स्टारले थिएटरका कलाकारभन्दा आफूलाई ठूलो ठान्ने र थिएटरका कलाकारले चलचित्रका स्टारभन्दा आफूलाई ठूलो मान्ने प्रवृतिले पनि थिएटर र चलचित्रबाटै जन्मिएका कलाकारबीच दूरी बढ्दै गएको उनको बुझाई छ । यसको कारण उनी दुवै क्षेत्रका कलाकार इमान्दार नहुनुलाई मान्छन् । दुवैको उद्देश्य चलचित्र राम्रो बनाउने भएकाले छुट्टाएर हेर्नु गलत रहेको उनको भनाई छ ।

थिएटरका कलाकारको अभिनय लाउड हुने गरेको टिप्पणीबारे पनि भोलाराज भन्छन्, ‘यो कुरा म स्वीकार गर्छु । थिएटरमा हामी लाउड अभिनय गरिरहेका हुन्छौं चलचित्रमा पनि आउड हुन सक्छ । तर, त्यो कुरा निर्देशकले भन्न सक्नुपर्छ । म सधैं निर्देशक वा चिफ एडीलाई मेरो समस्याबारे भन्ने गर्छु । कलाकारलाई लाउड अभिनय गर्नबाट कसरी रोक्ने त्यो निर्देशकको हातमा रहन्छ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu