हिमा-असले ‘ब्याण्ड च्याम्पियन नेपाल’को विजेतालाई अष्ट्रेलिया भ्रमण गराउने



काठमाडौं । चर्चित रियालिटी शो ‘ब्याण्ड च्याम्पियन नेपाल’को विजेतालाई हिमा-अस एजुकेशन कन्सल्टेन्सीले अष्ट्रेलिया भ्रमण गराउने भएको छ । हरेक शनिबार र आइतबार एपिवान टेलिभिजनबाट प्रसारण हुँदै आएको यो रियालिटी शोमा ६ जना प्रतियोगीले प्रतिष्पर्धा गरिरहेका छन् ।

‘ब्याण्ड च्याम्पियन नेपाल’सँग जोडिएर हिमा-अस कन्सल्टेन्सीले यो सिजनका विजेतालाई अष्ट्रेलियाका विभिन्न शहर भ्रमण गराउन लागेको हो । गत शुक्रवार इभेन्ट म्यानेजमेन्टका चियरपर्सन स्रिजेश कार्की र हिमा-असका निर्देशक सुबास अर्यालबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

अर्यालका अनुसार, ‘ब्याण्ड च्याम्पियन नेपाल’सँग जोडिएर हिमा-असले यो सिजनका विजेतालाई अष्ट्रेलियाका विभिन्न शहर भ्रमण गराउन लागेको हो । आगामी जेठ ७ गते हुने फाइनलका विजेताले विदेश भ्रमणको अवसर पाउने भएका छन् भने आकर्षक पुरस्कार समेत प्राप्त गर्ने आयोजकले बताएको छ ।

हिमा-असले शैक्षिक परामर्शका साथै विगत १५ वर्षदेखि कन्सर्ट र मनोरञ्जनका कार्यक्रमहरुमार्फत् युवापुस्तालाई प्रोत्साहन गर्दै आइरहेको छ । शैक्षिक परामर्शदाता हिमा-अस एजुकेशन कन्सल्टेन्सी नेपालसँगै श्रीलंका, थाइल्याण्ड र अस्ट्रेलियामा समेत कार्यालय रहेको छ ।

यस रियालिटी शोका निर्देशक मोहनराज अधिकारी रहेका छन् । रियालिटी शो ‘ब्याण्ड च्याम्पियन नेपाल’मा नेपालका थुप्रै ब्याण्डहरु प्रतियोगीको रुपमा सहभागी छन् । यो शोको निर्णायकको रुपमा चर्चित गायक रबिन तामाङसहित ज्योति घिमिरे र देव राणा रहेका छन् । शोको ‘होस्ट’को रुपमा चर्चित संचारकर्मी संजोग बस्याल र मेघा श्रेष्ठ छन् ।

ब्याण्ड च्याम्पियनका विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । यस्तै, दोस्रो हुनेले ६ लाख, तेस्रो र चौथो हुनेले ४/४ लाख पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu