अनमोल र सारा ‘हनी बनी’बाट अलग



अभिनेता अनमोल केसीले अर्को एक चलचित्र पनि छाडेका छन् । गत चैतमा उनले दीवाकर भट्टराईले निर्देशन गर्ने चलचित्र ‘हनी बनी’ साइन गरेका थिए । स्क्रिप्ट पढेको दुई दिनमै उनी चलचित्रमा काम गर्न तयार भएका थिए । तर, छायांकनमा निस्कने समयमा उनी यो चलचित्रबाट अलग भएका छन् । निर्देशक भट्टराईले सहमतिमै अनमोल चलचित्रबाट अलग भएको बताए ।

अनमोलले चलचित्रको चरित्र निर्वाह गर्न सक्नेमा शंका व्यक्त गरेपछि निर्माण टिम र उनीबीच अलग हुने सहमति भएको जानकारी प्राप्त छ । तर, अनमोलले चलचित्र छाड्नुको कारणबारे बताएका छैनन् । केही दिन वर्कसप समेत गरेका उनको चलचित्रको छायांकनका लागि बेलायतको भिसा समेत आइसकेको थियो । गत हप्तासम्म उनी चलचित्र छाड्ने कुनै मनस्थितिमा थिएनन् ।

अनमोलसँगै चलचित्रबाट अभिनेत्री सारा सिरपाली पनि अलग भएकी छन् । साराको भिसा नझरेपछि निर्माण टिमले उनको ठाउँमा अभिनेत्री जसिता गुरुङलाई लिने तयारी गरेको छ । उनी अहिले बेलायतमै रहेको र स्क्रिप्ट पनि मन पराएकाले चलचित्रमा उनको सम्भावना बलियो रहेको दीवाकरले बताए । ‘हनी बनी’मा अनमोलको सट्टा पनि एक नायकको प्रवेश भइसकेको बताइएको छ ।

अनमोलले यसअघि ‘ब्याचलर बन्टी’, ‘धुपौरे’ जस्ता चलचित्र साइन गरेर छाडेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu