‘मन्त्र’ले अन्तर्राष्ट्रियस्तरमा नेपाली चलचित्रलाई चिनाउँछ : कलाकार वाङ्गेदेल



शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘मन्त्र’लाई कलाकारहरु प्रशान्त ताम्राकार, रोविन तामाङ र शिशिर वाङ्गेदेलले मन पराएका छन् । आइतवार रन्जना सिनेप्लेक्स न्युरोडमा चलचित्र हेरेपछि उनीहरुले ‘मन्त्र’ले मन्त्र लगाउने बताए । कलाकार तामाङले भने, ‘चलचित्र राम्रो छ । सम्पादन, छायांकन, लोकेशन, कलाकारको अभिनयले बाँधेर राख्छ । मलाई चलचित्रले इमोसनल बनायो ।’

कलाकार वाङ्गेदेल अन्तर्राष्ट्रियस्तरमा नेपाली चलचित्रलाई चिनाउन ‘मन्त्र’ले मद्दत गर्ने विश्वास व्यक्त गरे । ‘सिनेम्याट्रिक रुपमा चलचित्र राम्रो बनेको छ । यसलाई म नेपाली माटो सुहाउँदो चलचित्र भन्न रुचाउँछु । कलाकारहरुले पनि आफ्नो तर्फबाट गर्न सक्ने प्रयास गरेका छन् । म त चलचित्रको दोस्रो पार्टको प्रतिक्षामा छु । सिक्वेल बन्यो भने मलाई पनि काम गर्ने इच्छा जागेको छ,’ उनले भने ।

त्यस्तै, अर्का कलाकार प्रशान्त ताम्राकारले चलचित्रमा हिमाली भेगको सुन्दर प्रेमकथा प्रस्तुत गरिएकाले आफूलाई मन परेको बताए । ‘कलाकारको अभिनय बुलन्द छ । सुरुदेखि अन्तिमसम्म चलचित्रको कथामा दर्शकले कनेक्ट गर्छन्,’ उनी भन्छन्, ‘चलचित्रले नेपालको पर्यटन प्रवद्र्धनमा सघाउने सम्भावना देखेको छु । चलचित्रले नेपालको हिमाली भेगलाई सुन्दर तरिकाले देखाएको छ ।’

मनास्लु हिमालको आसपास छायांकन गरिएको चलचित्रले हिमाली प्रेमकथा प्रस्तुत गर्छ । केटी भगाएर (छोपेर) लैजाने त्यहाँको स्थानीय संस्कृतिलाई चलचित्रमा प्रस्तुत गरिएको छ । खिल बहादुर गुरुङको निर्देशनमा तयार भएको चलचित्रमा सौगात मल्ल, दीया पुन, बुद्दि तामाङ, नमिता घिसिङ्ग, बिर बहादुर लामा, पासाङ्ग टि शेर्पालगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu