एउटै चलचित्रमा आर्यन र प्रदीप ?



लभस्टोरी चलचित्रमा रुचाइएका दुई चर्चित नायक आर्यन सिग्देल र प्रदीप खड्का पहिलो पटक एकसाथ एउटै चलचित्रमा देखिने सम्भावना बढेको छ । उनीहरु ‘प्रसाद’ फेम्ड निर्देशक दिनेश राउतको नयाँ चलचित्रमा एकसाथ देखिन सक्नेछन् । आर्यन र प्रदीपबीच विभिन्न शिलशिलामा कयैन् पटक भेटघाट भइसकेको छ । उनीहरुबीच असल मित्रता बनिसकेको बताइन्छ ।

निर्देशक राउतसँग आर्यन र प्रदीपलाई सुहाउने एउटा चलचित्रको स्क्रिप्ट छ । उनलाई कुनै एक लेखकले स्क्रिप्ट सुनाएका हुन् । स्क्रिप्टअनुसार चलचित्रमा दुई नायक मुख्य भूमिकामा हुनुपर्नेछ । स्क्रिप्ट सुनेपछि निर्देशक राउतले दुई मुख्य चरित्रमा आर्यन र प्रदीप सुहाउने निष्कर्ष निकालेका छन् । उनले दुवै नायकसँग स्क्रिप्टलाई लिएर केही चरण कुराकानी गरिसकेको बुझिएको छ ।

अहिले दिनेश चलचित्र ‘प्रकाश’को पोष्ट प्रोडक्सनमा व्यस्त छन् । उनी यो चलचित्र रिलिजभन्दा अगाडि अर्को फिल्मको काम थाल्ने सोचमा छैनन् । यसैले आर्यन र प्रदीपलाई लिएर बन्न सक्ने चलचित्रको काम ‘प्रकाश’ रिलिजपछि मात्र सुरु हुनेछ । आर्यन र प्रदीप दुवैले एकसाथ काम गर्ने इच्छा देखाएको र दिनेश राउतले स्क्रिप्टमा थप वर्कआउट गर्न लेखकलाई सुझाव दिएको स्रोत बताउँछ ।

दिनेश, आर्यन र प्रदीप दुवैले विश्वास गर्ने निर्देशक हुन् । आर्यनले दिनेशको निर्देशनमा ‘क्लासिक’ र ‘नोभेम्बर रेन’ चलचित्रमा काम गरिसकेका छन् भने दिनेश र प्रदीपबीच चलचित्र ‘प्रकाश’मा पहिलो पटक टिमअप भएको हो । ‘क्लासिक’पछि सहकार्य नगरेकाले आर्यन र दिनेश पुनः एकअर्कासँग सहकार्य गर्न इच्छुक छन् । प्रदीपले पनि निर्देशक राउतसँगको सहकार्य तोड्न चाहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu