‘षट्कोण’ गीत : अन्योलको भुमरीमा विलाएका कार्म



यही बैशाख २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘षट्कोण’को शिर्ष गीत सार्वजनिक गरिएको छ । बुधवार यूट्युबमा सार्वजनिक गीतमा चलचित्रका मुख्य पात्र कार्मले मात्रै स्थान पाएका छन् ।

बिराज गौतमको स्वर रहेको गीतको शब्द तथा कम्पोज बिशेष पाण्डे र बिराज गौतमले गरेका हुन् । गीतका एरेञ्ज बिशेष पाण्डे हुन् । सार्वजनिक गीतको भिडियोमा कार्मको निराशा र छट्पटी देखाइएको छ । चलचित्रमा उनी एक मर्डर मिस्ट्रीको अनुसन्धान गरिरहेको पत्रकारको भूमिकामा छन् ।

चलचित्रका निर्देशक मिलन डि काप्रि हुन् । चलचित्रमा कर्माका अलावा भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामाको अभिनय रहेको छ । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन् । चलचित्रमा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिले सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu