प्रदीपले ‘प्रकाश’ र ‘प्रेमगीत ३’ रिलिजपछि मात्र नयाँ चलचित्र गर्ने



अभिनेता प्रदीप खड्काका दुई चलचित्र ‘प्रकाश’ र ‘प्रेमगीत ३’ प्रदर्शनको पखाईमा छन् । उनले ‘प्रेमगीत ३’को छायांकन कोरोना महामारीभन्दा अगाडि नै सकाएका थिए । आउँदो भदौ १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘प्रकाश’ भने लकडाउनकै समयमा खिचिएको हो । प्रदीप यी दुई चलचित्र प्रदर्शनमा नआएसम्म नयाँ चलचित्रमा नजोडिने सोचमा छन् ।

‘प्रेमगीत ३’को हिन्दी डब र भारत प्रदर्शनको शिलशिलामा निर्माता सन्तोष सेनसँग मुम्बईमा रहेका उनले ‘प्रकाश’ र ‘प्रेमगीत ३’ रिलिजभन्दा अगाडि आफू नयाँ चलचित्रमा जोडिने सम्भावना न्यून रहेको बताए । यी दुई चलचित्र रिलिजपछि नयाँ चलचित्रमा काम गर्ने विषयमा विचार गर्ने उनको भनाई छ । उनले दुई चलचित्र रिलिजपछि सन्तोष सेनले निर्देशन गर्ने चलचित्र ‘हुतुतु’मा काम गर्न सक्नेछन् ।

वर्षमा एक वा दुईभन्दा बढी चलचित्रमा काम नगर्ने प्रदीप खड्कालाई कोरोना महामारीयता थुप्रै ठूला ब्यानरका चलचित्रबाट अफर पुगेको छ । तर, उनले स्क्रिप्ट समाते पनि निर्माताको चेक समातेका छैनन् । उनी ‘प्रकाश’ निर्देशक दिनेश राउतसँग फेरि टिमअपको तयारीमा रहेको चर्चा छ । दिनेश, प्रदीप र आर्यन सिग्देललाई एकसाथ लिएर चलचित्र बनाउने योजनामा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu