प्रदर्शनमा आए ‘षट्कोण’ र ‘लक्का जवान’



चलचित्र ‘ए मेरो हजुर ४’ रिलिजको तीन हप्तापछि हलमा दुई नेपाली चलचित्र ‘षट्कोण’ र ‘लक्का जवान’ प्रदर्शनमा आएका छन् । यी दुवै चलचित्र फरक जनरामा निर्माण भएका हुन् । ‘षट्कोण’ साइकोलोजी थ्रिलर जनरामा निर्माण भएको हो भने ‘लक्का जवान’ कमेडी विषयवस्तुमा बनेको हो । हलमा दुई नेपाली चलचित्रसँगै हलिउड चलचित्र ‘डक्टर स्ट्रेन्ज २’ पनि प्रदर्शनमा आएको छ ।

एक मर्डर मिस्ट्रीको अनुसन्धान गरिरहेको पत्रकारको कथामा निर्माण भएको ‘षट्कोण’लाई मिलन डि काप्रिले निर्देशन गरेका हुन् । चलचित्रमा कार्म, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामाको अभिनय छ । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन् ।

‘लक्का जवान’लाई भने हाँस्य कलाकार शिवहरी पौडेलले निर्देशन गरेका हुन् । अन्सुया श्रेष्ठले निर्माण गरेको चलचित्रमा शिवहरीसँगै मदनकृष्ण श्रेष्ठ, किरण केसी, सरोज खनाल, सुशील पोखरेल, शिवहरी पौडेल, दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, सुरेन्द्र केसी, जयनन्द लामा, अन्सुया श्रेष्ठ, नरेन्द्र कंशाकार, देशभक्त खनाल लगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu