ज्योत्स्ना योगी र स्वप्न सुमनले गरे बिहे



अभिनेत्री ज्योत्स्ना योगी र गायक स्वप्न सुमन विवाह बन्धनमा बाँधिएका छन् । बुधवार कमलपोखरीमा रहेको ट्रेडिसनल कम्फर्ट होटलमा भएको विवाह समारोहमा दुई पक्षका परिवारको मात्र उपस्थिति रहेको थियो । ज्योत्स्नाले बिहीवार सामाजिक सञ्जालमा विवाहका तस्विरहरु साझेदार गर्दै स्वप्न सुमनसँग विवाह गरेको जानकारी गराएकी हुन् ।

ज्योत्स्ना र स्वप्नले तीन वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । एक म्यूजिक भिडियोमा सँगै काम गर्ने क्रममा उनीहरुबीच प्रेम अंकुराएको थियो । स्वप्नको आवाजमा रहेको ‘तिम्रो र मेरो कुरा’ गीतमा उनीहरुले एकसाथ काम गरेका थिए । त्यस्तै, यो जोडीले ‘लभ क्लोअप’ सिरिजमा पनि अभिनय गरेको छ ।

ज्योत्स्ना योगीले अभिनेत्री सुस्मिता बम्जनले निर्माण गरेको चलचित्र ‘म त तिम्रै हुँ’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । तर, उनलाई पहिलो गाँसमैै ढुंगा लाग्यो । पछि उनले चलचित्र ‘मायाङ्क’ साइन गरेकी थिइन् । तर, यो चलचित्र निमाणकै क्रममा रोकियो । त्यसयता उनको हातमा नयाँ चलचित्र परेको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu