‘लाइफ इन एलए’ गीतमा ब्यास र अकेशाको रोमान्टिक अवतार



जेठ ६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लाइफ इन एलए’को लगातार प्रचार सामाग्री सार्वजनिक भइरहेको छ । अघिल्लो हप्ता ट्रेलर सार्वजनिक गरेको निर्माण टिमले शुक्रवार नयाँ गीत सार्वजनिक गर्‍यो । ‘उदाएर आयौ तिमी’ बोलको रोमान्टिक गीतमा गायक प्रताप दास र गायिका प्रविशा अधिकारीको स्वर रहेको छ भने एलिस कार्कीको संगीत र सुन्दर पन्तको शब्द रचना छ ।

अमेरिका र सानो अंश नेपालमा खिचिएको गीतमा चलचित्रका लिड नायक ब्यास बिस्सु र नायिका अकेशा विष्ट रोमान्टिक अवतारमा प्रस्तुत छन् । गीतले उनीहरुको प्रेमभाव बोल्छ । गीतको अमेरिकाको पार्टमा सुरज श्रेष्ठ र नेपालको पार्टमा कविराज गहतराजको कोरियोग्राफी छ । यो गीतलाई चलचित्रमा कथावाचनको रुपमा राखिएको निर्देशक सूर्य एन श्रेष्ठले जानकारी दिए ।

अमेरिकामा बस्ने नेपालीको सफलताको कथा उठान गरिएको चलचित्रमा ब्यास र अकेशाका अलावा शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाललगायतको अभिनय छ । अमेरिकामा ७० प्रतिशत र नेपालमा ३० प्रतिशत खिचिएको चलचित्रलाई ब्यास बिस्सु स्वयंले निर्माण गरेका हुन् ।

दीपक वली एसोसियट निर्देशक रहेको चलचित्रको गीतमा प्रतिक पौडेलको पनि संगीत छ । फिल्ममा समावेश ‘पागल प्रेमी’ बोलको अर्को गीत आउँदो हप्ता सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ । ब्यास इन्टरटेनमेन्टले प्रस्तुत गरेको चलचित्रको कार्यकारी निर्मातामा संसार अन्जान सुवेदी र निर्मातामा राजेन्द्र ठकुराथी छन् भने भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu